आज(सोमबार) साँझदेखि वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुनसक्ने

केन्द्रभाग मिडिया

पोखरा ।

आज देशभरको मौसम सफा रहेपनि आज साँझबाट भने परिश्चमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गरि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार) राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

  • ९ माघ २०७९, सोमबार ०९:१८ प्रकाशित