माओवादी केन्द्रीय सदस्य माया बलको उपचारको क्रममा निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिएका छन् ।

घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो ।उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन् ।

बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्।बलका पति, तीन छोरी र एउटा छोरा छन्।

  • ८ माघ २०७९, आईतवार ०९:०८ प्रकाशित