सडकबाट ८० मिटर तल खस्यो जिप : चार जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेतमा जिप दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप सडकबाट झण्डै ८० मिटर तल खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे २ बजे जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् ।

  • ८ माघ २०७९, आईतवार ०८:३३ प्रकाशित