सभामुख घिमिरेद्वारा पद तथा गोपनीयताको सपथग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच घिमिरेले सभामुख पदको सपथग्रहण गरेका हुन् ।

सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

एमालेबाट सांसदमा निर्वाचित घिमिरे सत्तासाझेदार दलहरुको साझा उम्मेदवारका रुपमा बिहीबार सभामुखमा निर्वाचित भएका हुन् ।

  • ६ माघ २०७९, शुक्रबार १५:१२ प्रकाशित