मलेसियाबाट आएको विमान काठमाडौंमा अवतरण हुन सकेन, कलकतामा अवतरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।

नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।

  • ६ माघ २०७९, शुक्रबार १०:४५ प्रकाशित