हुम्ला ।
हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्या परेको उनको भनाई छ । सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको हो ।
बिहीबार मध्याह्नदेखि मौसममा बदली भइ रातिदेखि सिमकोट, बरगाउँ, बुराउसे, डाँडाफया लगायतका बस्तीहरुमा भारी हिमपात भएको छ । गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो ।














