उपसभामुखको लागि आज उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ ।

प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ ।

उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।

  • ६ माघ २०७९, शुक्रबार ०९:१२ प्रकाशित