स्वार्थ बाझिने पात्रलाई मन्त्री बनाइएको भन्दै आपत्ति जनाए भीम रावलले  

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका नेता भीम रावलले स्वार्थ बाझिने पात्र लाई नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइएको प्रति प्रश्न उठाएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।

कर्णाली प्रदेशबाट एक जना पनि मन्त्री नबनाइएको भन्दै उनले ‘जसको जे स्वार्थ छ उसलाई त्यही स्वार्थ पूरा गर्न सहज हुने मन्त्रालय दिइएको र मन्त्रिपरिषद्को संरचना हेर्दा सुशासन र उत्तरदायी पद्धतिका कुरा फगत गफ रहेछन् कि भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ’ भनेका छन् ।

यस अगाडि विभिन्न सञ्चार माध्यममा स्वार्थ बाझिने व्यक्तिलाई नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै आलोचना भइरहेका बेला नेता रावलले यस्तो प्रश्न उठाएका हुन् । उनले ‘सुशासन र उत्तरदायी पद्धतिका कुरा फगत गफ रहेछन्’ भन्दै केही मन्त्रीहरु प्रति व्यंग्य समेत गरेका छन् ।

  • ४ माघ २०७९, बुधबार १९:२१ प्रकाशित