दिवंगत आत्माको चीरशान्ति कामना गर्दै गुप्तेश्वर महादेव गुफामा महाआरति

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफामा सोमबार महाआरति पुजा गरिएको छ ।

सो अवसरमा आइतबार पोखरामा यती एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका ७२ जनाको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनट मौन धारणा गरिएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले वताए ।

विगतका वर्षहरुमा पनि अकल्पनिय घटनाहरु घट्दा गुफाले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै विभिन्न पुजा अर्चना गर्दै आएको थियो ।

  • २ माघ २०७९, सोमबार १८:३३ प्रकाशित