गण्डकी प्रदेश सभा उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको उपसभामुखमा बिनाकुमारी थापा निर्वाचित भएकी छन्। सोमबार बसेको प्रदेश सभा बैठकले थापालाई उपसभामुखमा निर्वाचित गरेको हो । नेकपा एमालेबाट गण्डकी प्रदेश सभा सदस्य बनेकी थापा ३२ मतसहित निर्वाचित भएकी हुन्।

सत्ता गठबन्धन दल नेकपा एमालेका २२, नेकपा माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सासदले थापाका पक्षमा मतदान गरेका थिए । विपक्षमा २६ मत परेको छ ।

प्रदेश सभाको उपसभामुख पदको लागि नेपाली कांग्रेसबाट पार्वति तामाङ उम्मेदवार बनेकी थिइन् । आजको प्रदेश सभा बैठकमा ५० सदस्यमध्य ५८ जना सहभागी भएका थिए।

  • २ माघ २०७९, सोमबार १८:०९ प्रकाशित