दरौंखोला सामीप्य समाज पोखराको अध्यक्षमा बोधराज गौतम

केन्द्रभाग मिडिया

 

पोखरा ।

स्याङ्जाको दरौंखोलाबाट पोखरा आई विभिन्न व्यवसाय, जागिर पेसा तथा स्थायी बसोबास गरी बसेकाहरुको संस्था दरौँखोला सामीप्य समाज पोखराको अध्यक्षमा बोधराज गौतम चयन भएका छन् । समाजको दोस्रो अधिवेशनले शनिबार गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा गंगाराम पौडेल, सचिवमा नम रोका, सह–सचिवमा विनिता घिमिरे, कोषाध्यक्षमा रामबहादुर क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

यसैगरि सदस्यहरूमा मीना अधिकारी, छविलाल जिसी, झक रोका,मञ्जु कार्की, मिनप्रसाद तिवारी र सोवित रोका चयन भएका छन्।

जनसम्पर्क समितिको संयोजक क्याप्टेन मीन बहादुर कार्की सहसंयोजक डिल्लीराम घिमिरे, सचिवालय संयोजकमा शोभित खड्का, दिदीबहिनी क्वालिटी सर्कलको संयोजकमा मीना अधिकारी, सहसंयोजकमा मञ्जु कार्की, लेखा समिति संयोजकमा शिव अर्याल, सहसंयोजकमा कमल अर्याल, भजन कृतनको संयोजकमा नारायणदत्त अर्याल सर्वसम्मतिबाट चयन भएका छन् ।

यस अगाडि संस्थाका संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि घनश्याम रिजालले संस्थाको प्रशंसा गर्दै समाजको बहुउद्देश्यीय भवन निर्माणका लागि सहकार्य र एकताको आवश्यकता भएको बताए । संस्थाले साधारण सभाका अवसरमा प्राडा कृष्ण कोइराला, बाल प्रभात बोर्डिङ स्कुल र लेखा संयोजक शिव अर्याललाई सम्मान गरेको छ । संस्थाका संरक्षक रामेश्वर अर्याललाई संरक्षकको प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रमको पहिलो सत्रमा युवाका तर्फबाट बालकृष्ण घिमिरे, सल्लाहकार वरिष्ठ सई होतबहादुर रोका, संरक्षक रामेश्वर अर्यालले शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा अनुजा गौतमले सन्देशमूलक कविता प्रस्तुत गरेकी थिइन् ।

 

  • १ माघ २०७९, आईतवार ०७:५९ प्रकाशित