पोखरा ।
पोखरामा बाह्र भैरव नाच प्रदर्शन गरिएको छ । पोखरा महानगरपालिकाको आयोजनामा २ सय ५० वर्ष पुरानो ऐतिहासीक नाच प्रदर्शन गरिएको हो ।
पोखरा प्रदर्शनी केन्द्रमा आयोनजा गरिएको नाचमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
भैरव सास्कृतिक संरक्षण समितिले ६/६ वर्षमा यो नाच बजारमा निकाल्ने गरेको समितिका अध्यक्ष तीर्थमान प्रधानांगले बताए ।
२५० वर्षे लामो इतिहास बोकेको भैरव नाचमा १०६ जना कलाकारको टिमले नाच देखाएको थियो । १२ जना युवा काल भैरव, महाकाली, इन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रूप धारण गरी नाच्ने नाचिएको थियो ।
३० जना गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयमसेवक र व्यवस्थापक २० जना नाचका लागि तयार गरिएको थियो ।
भैरव सांस्कृतिक संरक्षण समिति पोखराकाले १ महिना भन्दा लामो तयारी पछि यो नाच प्रदर्शनका लागि निकालेको हो ।
पहिला प्रत्येक १२ वर्षमा देखाइने भैरव नाच २०२९ सालपछि ६ वर्षमा देखाउन थालियो वडाध्यक्ष दिवशमान प्रधानांगले बताए । भैरव नाच प्रदर्शन गर्न ३५० बढी कलाकारले प्रशिक्षण लिएका थिए ।
नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरू गाइन्छ । नर्तकहरू खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नृत्य गर्छन् ।
मुदृंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाइन्छ । पोखरा प्रदर्शनी केन्द्रमा आयोनजा गरिएको नाचमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।













