पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा डण्डराज शर्मा निर्वाचित भएका छन् । शनिबार साँझ भएको शाखाको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
शाखाको उपसभापतिमा धर्मराज अधिकारी, महिला उपाध्यक्षमा उर्मिला खड्का र मन्त्रीमा सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् । अध्यक्ष, उपाध्यक्ष र मन्त्री निर्विरोध निर्वाचित भएपनि कोषाध्यक्ष, उपकोषाध्यक्ष र सदस्यहरुको भने निर्वाचन भएको छ ।
कोषाध्यक्षमा कोषाध्यक्षमा राजेश घिमिरे र सन्तोष अधिकारीले प्रतिस्पर्धा गरेका छन् । उपकोषाध्यक्षमा शुक्रराज सुवेदी र विष्णु भण्डारी प्रतिस्पर्धामा छन् । तीन जना महिला सदस्यका लागि ८ जनाको र अन्य ७ सदस्यका लागि २२ जनाको प्रतिस्पर्धा रहेको रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्य प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अहिले मत गणना भइरहेको छ ।
कास्कीमा ४८ उपशाखा छन् । ती उपशाखाबाट ५ जनाका दरले छनोट भएका सभासद्, मनोनित ९ जना र कार्यसमितिका १७ जना गरेर २६६ जना सभासद्ले कोषाध्यक्ष, उपकोषाध्यक्ष र सदस्यका लागि मतदान गरेका हुन् ।














