मकवानपुर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरमा स्कुटर दुर्घटना ३ जनाको ज्यान गएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा गएराती करिब पौने ११ बजेतिर स्कुटर दुर्घटना भएको हो ।
सो दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङको ज्यान गएको छ ।
मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो ।














