पोखरा ।
गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।
गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ ।हाल गण्डकीमा रहेका रामदत्त जोशीको भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा सरुवा भएको छ।
गृह मन्त्रालयको आज(बिहीबार)को निर्णयअनुसार १७ जना डीआइजी काज सरुवा भएका हुन् ।















