मन्त्री बन्नेको लाइनमा रहेका एमाले सांसद गाहालाई प्रमुख सचेतकको जिम्मा

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले गण्डकीको संसदीय दलको प्रमुख सचेतक पदमा रोशन गाहा थापा मनोनयन भएका छन् । गण्डकीका मुख्यमन्त्री एवं एमाले प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले थापालाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान बमोजिम प्रदेश सभा सदस्य थापालाई प्रमुख सचेतकमा मनोनयन गरेको एमाले संसदीय दलको कार्यालय गण्डकीले जनाएको छ। थापा गण्डकी सरकारमा मन्त्री हुने चर्चा थियो ।

प्रदेश सभामा गाडीसहितको सुविधा पाइने यो पद अकर्षक पद मानिन्छ । थापा नवलपुरबाट दोस्रो कार्यकालका लागि प्रदेश सभामा प्रवेश पाएका हुन् ।

तर, थापा भने मन्त्री बन्ने दौडमा थिए । पृथ्वी सुब्वा गुरुङ नेतृत्वको पहिलो सरकारका बेला पनि उनी मन्त्रीका दाबेदार थिए । मन्त्री बन्ने टुन्गो लागेर दौरा सुरुवाल सिलाईसके पछि उनको मन्त्री बन्ने सपना तुइएको थियो ।

  • २८ पुष २०७९, बिहीबार १३:३३ प्रकाशित