२७५ जना संघीय सांसदको नाम सार्वजनिक (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभा, २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । सचिवालयले वर्णानुक्रमअनुसार १२ वटै राजनीतिक दल र स्वतन्त्रबाट निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा नेकपा एमालेबाट निर्वाचित अच्युतप्रसाद मैनालीको नाम रहेको छ भने दोस्रोमा नेपाली काँग्रेसबाट निर्वाचित अजयकुमार चौरसियाको नाम रहेको छ ।

नामावलीको अन्तिम अर्थात् २७५ नम्बरमा नेपाली काँग्रेसबाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीको नाम रहेको छ भने त्यो भन्दा अगाडी २७४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित ज्ञानु बस्नेतको नाम रहेको छ ।

माननीय सदस्यहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • २८ पुष २०७९, बिहीबार ११:४२ प्रकाशित