थुनुवाको हिरासतमै मृत्यु , जिप्रकामा ढुंगामुढा, प्रहरीसहित दर्जन बढी घाइते

केन्द्रभाग मिडिया

सुनसरी।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा एक थुनुवाको हिरासतमै मृत्यु भएको छ ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साहको हिरासतमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदको हिरासतमै मृत्यु भएपछि आफन्तले जिप्रका पुगी प्रहरीमाथि आक्रमण गर्दा प्रहरीसहित दर्जन बढी घाईते भएको प्रहरीेले जनाएको छ ।

मृतकका आफन्तसहितको ठुलो भीडले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले भिड नियन्त्रणमा लिनको लागि आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार भएको बताइएको छ ।

प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन्।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताएको छ । यद्यपि घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने समेत प्रहरीले बताएको छ ।

  • २४ आश्विन २०७८, आईतवार १२:४४ प्रकाशित