गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पौषमा विश्वासको मत लिने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् ।

मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिएका छन् ।

उनको अनुसार आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने निर्णय भएको हो ।नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।

  • २६ पुष २०७९, मंगलवार १५:१५ प्रकाशित