६० सांसदको समर्थनमा एमालेका कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

केन्द्रभाग मिडिया

मोरङ ।

नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आज(आइतबार) दाबी पेस गरेका छन् । कार्कीले प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् ।

कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । कार्कीले सोमबार मुख्यमन्त्रीमा शपथ लिने बताए ।

  • २४ पुष २०७९, आईतवार १६:४७ प्रकाशित