राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ ।

आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

  • २४ पुष २०७९, आईतवार ०९:०६ प्रकाशित