काठमाडौं
। राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज ९शनिबार० दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।
सो क्रममा उनलाइ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् । अहिले राष्ट्रपति साझाकै उक्त बिजुली बसमै राष्ट्रपति भवन शितलनिवासमा फर्किएकी छिन् ।













