कस्तो आउला सरकारको न्युनतम साझा कार्यक्रम ? आज अन्तिम रुप दिइँदै

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइँदै छ । साझा कार्यक्रमलाई पूर्णता दिन एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक आज ११ बजे बस्न लागेको हो ।

यस अघि हिजो नै न्युनतम साझा कार्यक्रमलाई हिजो अन्तिम रुप दिइने भनिएपनि हिजो बैठक बस्न सकेन । आज बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए । विभिन्न दल सहभागी भएकाले न्यूनतम साझा सहमतिका आधारमा मस्यौदा हुँदा साझा लक्ष्य आर्थिक समृद्धि र विकास जोड दिइएको छ ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ । यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने हुने जनाइएको छ ।

१४ पुसमा बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकताको विषयलाई न्युनतम साझा कार्यक्रममा प्राथमिकता दिइने बताएका छन् ।

  • २२ पुष २०७९, शुक्रबार ०७:५५ प्रकाशित