पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको ज्यान गुम्यो, १८ जना घाइते

केन्द्रभाग मिडिया

 

पोखरा ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गुमेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार विहिबार राति १० : १५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ । दुर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गुमेको हो । मृतक सबै खुर्साने गाउँका रहेका सीडीओे पन्तले जानकारी दिए ।

मृतकमध्ये तीन जनाको शव गाडीले च्यापेको र तीन जनाको शव उछिट्एिको अवस्थामा भेटिएको थियो । बस सडकबाट झण्डै एकसय मिटर तल भिरबाट खसेको उनले बताए । दुर्घटना स्थल पाल्पाको तान्सेन देखि ७० किलोमिटर पश्चिम पर्ने सीडीओ पन्तले बताए ।

उनका अनुसार घाइते भध्ये ६ जना सालझण्डी र १२ जनालाई लुम्बिनी प्रोदेशिक अस्पताल लगिएको छ । ‘सैनामैना राजगर्मा ३० मिनेटको बाटो हो । बाटोपनि अप्ठेरो छैन । उक्त स्थानमा कसरी बस दुर्घटना भयो र के प्रयोजनका लागि एउटै गाउँका मानिस त्यसरी यात्रा गरेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ’ सीडीओ पन्तले साबधान खबरसंग भने ।

  • २२ पुष २०७९, शुक्रबार ०७:२३ प्रकाशित