गण्डकीमा २५ पौषसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनको आह्वान गरेका छन् ।उनले आज प्रेस विज्ञप्ति जारी गर्दै २५ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका गुरुङले आह्वान गरेका हुन् ।

  • २१ पुष २०७९, बिहीबार १६:५४ प्रकाशित