काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न उनले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेृट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिए ।
भारतबाट पेट्रोलको मुल्य घटेर आएपनि नेपालमा भने उपभोक्ता लागि मुल्य घटाइएको छैन । नेपाल आयल निगमले अझै घाटा रहेको भन्दै मुल्य यथावत राख्दै आएको छ ।












