बुटवल ।
अहिले सामाजिक सञ्जालमा एउटा साँढेलाई ट्रकमा बाँधेर घिसारेको तस्वीर भाइरल भएको छ ।
तस्वीरमा साँढे रगतरगत भएको देखिन्छ । यस्तो दर्दनाक तस्वीर भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुको साथै चर्को आलोचना भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसार्दै लगेको उक्त तस्वीरले नगरपालिकाको विरोध भइरहेको छ ।सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।














