वालिङ नगरपालिकाद्धारा नागरिकको गुनासा सुन्न कल सेन्टर

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ ।

नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।

नगरभित्रका १४ वटै वडामा नगरले गरेका काम र तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने खाँणले विश्वास व्यक्त गरे ।

‘नागरिकका गुनासा धेरै हुन सक्छन् । ती गुनासालाई सहज रूपमा छिटो सुनुवाइ गर्न कल सेन्टर लाभदायी हुनेछ,’ उनले भने ।कल सेन्टर स्थापनासँगै नगरपालिकाको सुशासनमा मद्दत पुग्ने कार्यालयले जनाएको छ ।

  • २१ पुष २०७९, बिहीबार १०:११ प्रकाशित