सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइ आज हुने भएको छ ।बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर लामिछानेले पुनरावेदन गरेका थिए ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो।यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो। सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।

  • २१ पुष २०७९, बिहीबार ०९:४६ प्रकाशित