प्रधानमन्त्री प्रचण्डले माधव नेपालसँग मागे विश्वासको मत

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे भन्छन्, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह गरेका छौं । त्यही क्रममा बुधबार एकीकृत समाजवादीका अध्यक्षलाई पनि भेटेर त्यही आग्रह गर्नुभएको हो ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ ।एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन ।

  • २० पुष २०७९, बुधबार १६:५५ प्रकाशित