पोखरा ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा टंक अधिकारी निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा संगीता केसी र समावेशी उपाध्यक्षमा शारदा झेडी चयन भएका छन् ।यस्तै महासचिवमा प्रकाश ढकाल, सचिवमा नारायण रिजाल, अन्जना तिमिल्सिना र मोहसिन अलि मिया नियुक्त भएका छन् ।
कोषाध्यक्षमा सन्देश पौडेल निर्वाचित भएका छन् । भने सदस्यहरुमा शंकरराज नहर्की, गीता लामीछाने,सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, प्रेमचन्द्र रौनियार, गोविन्द लामिछाने,गिता खत्री, निरज अधिकारी चयन भएका छन् ।














