काठमाडौं ।
पाँचथरमा आगलागी हुदाँ २ जनाको ज्यान गएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारमा भएको आगलागीमा परि २२ वर्षीया ममता गुरुङ र २३ वर्षकी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
आगलागीमा परि दुईजा घाइते भएका छन् ।आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएको बताइएको छ ।
स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो । ज्यान गुमाउने मेघबहादुरका छोरी र बुहारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताएका छन् ।
आगलागीबाट घर पूर्ण रूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।













