पोखरा ।
अमेरिकाको भुटनीज युथ सकर क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै भुटनीजले अन्तिम चारको यात्रा तय गरेको हो ।
भुटनीजको जितमा प्रविन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।