पोखरा अन्तराष्ट्रिय म्याराथन ६ फागुनमा हुने, पुरस्कार राशीमा बृद्धि

केन्द्रभाग मिडिया

पोखरा ।
१७ औँ संस्करणको पोखरा अन्तारष्ट्रिय म्याराथन २०७९ आगामी फागुन ६ देखि हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी म्याराथन वारे जानकारी दिएको हो । म्याराथन सम्पन्न गर्न २३ उपसमिति गठन गरी तयारी थालिएको मञ्चक अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

म्याराथन अन्तरगत ८ विधामा प्रतिष्पर्धा हुने छ । ८ विधाका खेल एकै दिन एकै पटक फागुन ६ गते नै सम्पन गर्ने गरि तयारी गरिएको पराजुलीले बताए । मञ्चले नेपाली म्याराथनको इतिहासमा सबै भन्दा ठुलो धनराशीको पुरस्कार पनि घोषणा गरेको छ । खुल्ला ४२ किलोमिटर १९५ मिटर म्याराथनको प्रथम पुरस्कार ५ लाख घोषणा गरेको हो । यस्तै द्धितिय, तृतिय, तृतिय र सान्त्वना हुने धावकलाई क्रमस ३ लाख, २ लाख र ३० हजार पुरस्कार पाउने छन् ।

यसै गरी महिला हाफ म्याराथन, १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्रा छात्र, ह्लिचियर तथा दृष्टिविहिन तर्फको पुरस्कार राशि पनि बृद्धि गरिएको मञ्चले जनाएको छ । म्याराथन संपन्न गर्न ९६ लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

यस पटिक पटि विदेशबाट धावकहरु आउनका लागि इच्छा देखाएको र नाम दर्ता गर्ने क्रम सुरु भएको छ । अफ्रिकाबाट सबै भन्दा धेरै धावक आउन इच्छा देखाएका छन् ।

पोखरा अन्तराष्ट्रिय म्याराथन म्याराथनको अन्तराष्ट्रिय संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेस (एम्स)मा समेत सदस्यता पाएको छ । भने पोखरा म्याराथनको रुट समेत प्रमाणिकरण भएको मञ्चले जनाएको छ ।

  • १९ पुष २०७९, मंगलवार ११:३० प्रकाशित