काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ तर पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।
नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक रहेकोमा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटेको अवस्थामा पनि उक्त परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मे.टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८-८९ मा धानरचामलरकनिकाको आयात भने करिब चार अर्ब अर्थात् ६.३ प्रतिशतले घटेको थियो ।
आव २०७८र७९ को पाँच महिना अर्थात् मङ्सिरसम्मको तुलनामा ३८.२ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ ।














