एनआइसी एसिया बैंकको एटीएम फोड्दै गर्दा युवक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् ।

आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • १८ पुष २०७९, सोमबार १५:०३ प्रकाशित