सिक्लेसमा २ घर जलेर नष्ट, एक जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा घरसंगै जलेर एक जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार ७१ वर्षीय सुरज गुरुङको घरसंगै जलेर ज्यान गुमेको हो ।

आइतबार राति ८ : ४५ बजे आगलागी हुँदा भित्रै रहेका गुरुङको घरसंगै जलेर ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । आगलागीबाट सुरोज गुरुङको ढुंगोमाटोले बनेको टिनले छाएको दुई तले घर र टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ ।

घरमा रहेका अन्नपात देखि सबैकुरा जलेर नष्ट भएको उनले जानकारी दिए । ‘राति पौने ९ बजे आगलागी भएको रहेछ । दुई वटा घर जलेर नष्ट भएका छन् । त्यससंगै जलेर ७१ बर्षीय बृद्ध सुरोज गुरुङको पनि ज्यान गुमेको छ । आगलागी के कारणले भएको हो भन्ने एकीन हुन सकेको छैन’ उनले साबधान खबरसंग भने ।

प्रहरीका अनुसार राति ८ : ४५ बजे भएको आगलागी ११ बजे राति स्थानीयले निभाएका हुन् । क्षतिको विस्तृत विवरण आउने क्रममा रहेको छ । कास्की क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले सिक्लेसमा भएको आगलागीका कारण सुरज गुरुङको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

  • १८ पुष २०७९, सोमबार ०८:२२ प्रकाशित