प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विशेष समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरेको थियो । जहाजबाट आएका प्रधानमन्त्री प्रचण्डलगायतलाई रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले जानकारी दिएका छन् ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको हो । पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन । ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन्।

विमानस्थल उदघाटन पूर्व पोखराको अम्मरसिंह चोकबाट ¥याली र बाजागाजासहित ठूलोसंख्यामा पोखरावासी विमानस्थल पुगेका थिए । उद्टानमा सहभागी हुन भन्दै पोखरा मानगरपालिकाले कार्यलय बिदा नै दिएको छ ।

  • १७ पुष २०७९, आईतवार १४:४४ प्रकाशित