सडक महोत्सव प्रभावः पोखराका होटल भरिभराउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा  सडक महोत्सव चलिरहेको छ । बुधबारदेखि सुरु भएको महोत्वसव पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा भइरहेको छ । नयाँ वर्ष मनाउन पोखरा अउने पर्यटकको संख्या समेत उल्ललेख्य बढेको छ ।

बुकिङ गरिएका होटलहरूमा आन्तरिक पर्यटक, केही भारतीय पर्यटक र तेस्रो मुलुकबाट समेत पर्यटक पोखरा आएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागत सगै पोखरा घुम्न आउने पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल बढेको छ ।

कोरोनाले थलिएको पर्यटन उद्योग चलायमान बन्दैछ । क्रिसमस, अंग्रेजी नयाँ वर्षले पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढाएको हो । आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा नयाँ वर्षका लागि ८० प्रतिशत होटल बुकिङ भएको छ ।


रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) ले पोखरा सडक महोत्सव आयोजना गरेको छ। रेबानले १३ देखि १७ पुससम्म महोत्सव आयोजन गरेको हो। पोखराका होटलमा ४० हजार बेड संख्या रहेको छ।

अंग्रेजी नयाँ वर्ष महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय–अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेसलगायत कार्यक्रम आयोजना गरिएको छ । अन्य समयमा ग्रामिण क्षेत्र तर्फ समेत जाने गरेका पर्यटक यतिबेला भने पोखराको लेकसाइको मेलामा भुलेका छन् ।

  • १६ पुष २०७९, शनिबार १८:०२ प्रकाशित