सुरक्षाकर्मीलाई गृहमन्त्री रविको चेतावनी : नेताका घर धाए कारबाही गर्छु

केन्द्रभाग मिडिया

काठमाडौं । 

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेताका घर धाए सुरक्षाकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने र त्यसका लागि कार्यविधि बनाउने पनि उनले बताएका छन्।

करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’

हिजोका दिनमा नेताको घरमा धाउनेहरूको पछि मूल्यांकन गरिने उल्लेख गर्दै लामिछानेले भने–‘नेताको घरमा जाने प्रथाको अत्य गर्नुपर्छ ।’ नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उनले चेतावनी दिए ।

प्रहरीमा हाम्रा भन्ने दिन गएको उद्घोष गर्दै गृहमन्त्रीले भने–‘राम्राको दिन सुरु भयो ।’ नेताको घरमा धाउने चलनका विरुद्ध आक्रोशित देखिएका गृहमन्त्रीले दैलो चहार्नेहरूको सरुवा नै नगर्ने बताए ।

  • १५ पुष २०७९, शुक्रबार १४:१४ प्रकाशित