सुरक्षा निकायका पदाधिकारीले अब नेतासँग आफूखुसी भेट्न नपाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूले अब दलका नेतासँग आफूखुसी भेट्न नपाउने भएका छन् ।

उनीहरुले कुटनैतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने गृहले निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्ता भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको गृह प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागीय स्वीकृति लिएर भेट गरेको वा नगरेकोबारे अनुगमन गर्न गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन गरेको छ ।

विभागको अनुमति नलिइ र स्पष्ट प्रयोजनबिना भेटघाट गरेको पाइए अनुशासनसम्बन्धी कारबाही गरिने गृहमन्त्रालयले चेतावनी दिएको छ ।

  • १४ पुष २०७९, बिहीबार १३:४९ प्रकाशित