कोरोना अपडेट : १० जनाको ज्यान गयो, ७६४ जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो अपडेट अनुसार देशभर १० संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न जिल्लामा रहेका संक्रमितले उपचारको क्रममा ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको मन्त्रालयले बतायो ।

मन्त्रालयको अुनसार पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोही समयमा १ हजार ३३ जना निको भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४१ जना क्वारेन्टिनमा छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

  • २२ आश्विन २०७८, शुक्रबार १६:४९ प्रकाशित