काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखराबाट रात्रिकालीन उडानको सुविधा नभएकोमा अब अन्तर्राष्ट्रिय उडान सञ्चालन आएसँगै काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको हो ।

पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।

बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो ।नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा आउन र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने भएको छ ।

  • १३ पुष २०७९, बुधबार १४:०७ प्रकाशित