अन्तत् काँग्रेसले पनि टुंग्यायो मन्त्रीको नाम : रक्षामन्त्री हुँदै मिनेन्द्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल काँग्रेसले अन्तत सबै मन्त्रीको नाम टुंग्याएको छ । आजै मन्त्रिपरिषद विस्तार गर्ने भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् ।

देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको छ ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । कानुनमन्त्री रहेको कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

  • २२ आश्विन २०७८, शुक्रबार १४:४९ प्रकाशित