कास्की आउन लागेका बुटवलका डिएसपी ठगबहादुर केसी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्की आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् ।

अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।

डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थिए। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई आउने तयारी थिए।

  • ११ पुष २०७९, सोमबार १४:५१ प्रकाशित