पोखरा ।
नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । संसदीय दलको नेतामा चयन भए पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै अधिकारीले गण्डकीमा अन्य दलको सहयोगमा एमालेसहितको सरकार बन्ने बताए ।
भागबण्डामा गण्डकी नेकपा एमालेको सरकार हुनु स्वभाविक रहेको उनको भनाई थियो ।एमालेबाट निर्वाचित सांसदहरुको आज पोखरामा बसेको बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको थियो । दलको नेतामा चयन भयसगै अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
गण्डकीमा सरकार गठन गर्नका लागि ३१ सांसद चाइन्छ । नेपाली कांग्रेस र एकिकृत समाजवादी वाहेक एमाले नेतृत्वको गठबन्धनमा रहेका (माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी) तीन दलको ३२ सिट पुग्छ । जुन ६० सदस्यीय प्रदेश सभामा बहुमत संख्या हो ।
एमालेसंग २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ सिट छ ।













