काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज नै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रचण्डले १ सय ६९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले र माओवादीसहित सात दलले सहमती जनाएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि सहमति जनाएका छन् । सपथ भने भोलि हुने छ ।













