एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा एमाले संगठन विभाग प्रमुख एवं कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा निर्वाचित सांसद खगराज अधिकारी चयन भएका छन् । एमाले गण्डकी संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

संघमा एमाले र माओवादी गठबन्धन बनेर माओवादी अध्यक्ष प्रचण्ड अबको प्रधानमन्त्री बन्ने सहमति भइरहँदा अधिकारी एमाले गण्डकी संसदीय दलको नेता चयन भएका हुन् । यससंगै उनी गण्डकी प्रर्देशको तेस्रो मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । ६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २२ सांसद छन् । माओवादी केन्द्रका ८ सांसद छन् ।

आवश्यक बहुमतका लागि एमाले–माओवादीले राप्रपाको साथ लिनुपर्ने हुन्छ । राप्रपाका गण्डकीमा २ सांसद छन् । केन्द्रमा एमाले र माओवादी बीच भागबण्डा हुँदा गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेले नै पाउने एक एमाले नेताले दाबी गरेको छन् ।

एमालेको भागमा गण्डकीको मुख्यमन्त्री बनेमा खगराज अधिकारी तेस्रो प्रधानमन्त्री बन्ने मुख्यमन्त्री हुनेछ । एमाले संसदीय दलको नेतामा चयन भएको नेता अधिकारी यस अगाडि संघीय सरकारमा गृहमन्त्री र स्वास्थ्यमन्त्री भइसकेका छन् ।

  • १० पुष २०७९, आईतवार १६:५३ प्रकाशित