गण्डकी प्रदेश : एमालेले आज संसदीय दलको नेता चयन गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको दोस्रो ठूलो दल नेकपा (एमाले(ले आइतबार दलको नेता चयन गदैछ । एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले सर्वसम्मत नै दलको नेता चयनको प्रयास हुने जानकारी दिए । सहमति नभए दलको नेता चयनको लागि आइतबार बिहान १० बजे प्रदेश कमिटीको बैठकबाट निर्वाचन समिति गठन गर्ने र दिउँसो निर्वाचन हुने उनले जानकारी दिए ।

गण्डकीमा एमालेबाट चुनाव जित्नेमा संगठन विभाग प्रमुख खगराज अधिकारी, पोलिटब्युरो सदस्य लिलबहादुर थापा, केन्द्रीय सदस्य भीम कार्की, सीता सुन्दास, गोविन्दबहादुर नेपालीसहित २२ जना सांसद छन् । प्रत्यक्षमा १२ सिट जितेको एमालेले १० सिट समानुपातिकबाट जितेको थियो ।

एमालेको दल नेता बन्न कास्की १ (क) का अधिकारी र समानुपातिकबाट सांसद बनेका पोलिटब्युरो सदस्य बागलुङका थापा आकांक्षी छन् । चुनाव अगाडि नै एमालेले खगराजलाई भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हुँदा दलको नेतामा उनैको सम्भावना बढी छ ।

  • १० पुष २०७९, आईतवार ११:१६ प्रकाशित