पोखराको व्यापार मेलामा पिङबाट खसेर घाईते अस्मिताको उपचारको क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाईते भएकी अस्मिता लिम्बुको ज्यान गएको छ।पोखरा–९ नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा सञ्चालन भएको उक्त मेलामा २२ वर्षीय अस्मिता सहित अन्य ३ जना घाईते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काको अनुसार अस्मिताको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज (बुधबार) १२ः१० ज्यान गएको हो ।

  • ६ पुष २०७९, बुधबार १५:४६ प्रकाशित